कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपप्रमुख उम्मेदवारको मृत्यु भएको छ।
नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति १ बजे निधन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
निवर्तमान उपप्रमुखसमेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको हृदयघातका कारण निधन भएको बताइएको छ।