प्रचण्डलाई जुत्ता हान्छु भन्दै फेसबुकमा लेख्ने पत्रकार २६ घण्टापछि रिहा 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जुत्ता हान्छु भन्दै सामाजिक सञ्जालमा लेख्ने दाङका पत्रकार यज्ञ बहादुर बुढा रिहा भएका छन्। 

दाङ तुलसीपुर उपमहानगरपालिका ३ बस्ने ५२ वर्षीय बुढाले चितवनमा प्रचण्डले बोलेको कुरालाई लिएर जुत्ता हान्छु भनेपछि उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

बुढाले पक्राउ परेको २६ घण्टापछि रिहा भएको फेसबुक वालमा लेख्दै जानकारी दिएका छन्। 

उनले नेपालमा न्याय मरेको छैन है प्रचण्ड ज्यू भन्दै पक्राउ परेको २६ घण्टापछि रिहा भएको बताएका छन्। 

राप्ती पहिचान डटकमका संचालक समेत रहेका बुढा पूर्व माओवादीमा आस्था राख्ने व्यक्ति हुन। 

उनी माओवदी केन्द्रको वडा कमिटी सदस्यसमेत थिए। बुढाले अहिले माओवादी छाडिसकेका छन्। 

आइतबार तुलसीपुर र घोराहीमा गठबन्धन दलहरुले आयोजना गरेको चुनाव लक्षित आमसभालाई सम्बोधन गर्न प्रचण्डसँगै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आएका थिए।

प्रकाशित मिति: : 2022-05-08 22:10:00

प्रतिकृया दिनुहोस्