धमाधम बाहिँदै छत्रपतिका कर्तुत, मुख खाेल्न थाले पीडितहरू

झापाको गौरादह नगरपालिकामा नेकपा (एमाले)का नगर प्रमुखका उम्मेदवार छत्रपति सुवेदीका कर्तुतहरू एकपछि अर्को सार्वजनिक हुन थालका छन्।

शनिबारसम्म उनकाे दबावमा रहेका उनकै कार्यकर्ताहरू एकाएक मिडियामा आउन थालेका छन्। शनिबार ५८ वटा फिल्डबुक लुकाएको समाचार आएपछि उनले पार्टीलाई बेनामे विज्ञप्ति निकालेर खण्डन प्रकाशन गर्न लगाए। तर, समाचार आए लगत्तै उनीविरुद्ध स्थानीय पीडितहरू मुख खोल्न थालेका हुन।


छत्रपतिको छल !

राधाकृष्ण सामुदायीक भवन निर्माण गर्दा घरभित्रकै सदस्यहरूलाई राखेर उपभोक्ता समिति बनाएको स्थानीयले बताएका छन्।

‘हामीलाई अप्ठ्यारो होला कि भनेर केही नबोलका हौं। जनताको तटबन्ध कार्यक्रम सम्पन्न भयो। स्थानीयसँग परामर्श नलिई पैसा झ्वाम पार्ने नियतले काम गर्दा अहिले पूर्व तर्फको भाग डुबानमा परेको छ। उहाँसँग दोहोरो कुरा गर्नै सकिन्न। हप्काएर पठाउनु हुन्छ। मिडियामा कुरा आएपछि हामीलाई पनि बोल्न मन लाग्यो,’ नाम नबताउने सर्तमा डुबान पीडित एक उपभोक्ताले प्रतिक्रिया दिए।

उनकाअनुसार कहाँबाट बजेट आयो कसले काम गर्‍यो, उपभोक्तालाई केही थाहा भएन उनीहरू रमिते मात्रै बने।

नगरले नगर अस्पताल निर्माणका लागि सुवेदीकै संयोजकत्वमा जग्गा खोजबिन समिति गठन गरेको थियो। तर, ३ वर्षमा पनि सुवेदीले जग्गा खोज्न सकेनन्। जग्गा खोजबिन समितिको बैठक मात्रै बस्यो। काम भएन। स्थानीय भन्छन्,‘सबै  कामको जिम्मा लिने तर कुनै काम फत्ते नगर्ने उनको बानी नै हो।’

त्यति मात्र होइन, वडा नं.५ मा पर्यटकीय क्षेत्र निर्माण र नमूना खेतीका लागि बिनियोजित साढे ७ करोड रुपैयाँ सुवेदीले आलटाल गर्दागर्दै फ्रिज भयो।

२०७४ मा स्थानीय तहमा जनप्रतिनिधि आउने बित्तिकै उपमेयरको अध्यक्षतामा बैठक बसी नगरप्रमुख रोहितकुमार साहलाई गैरकानूनी ढंगबाट काउण्टर दिन खोज्ने पनि उनै सुवेदी भएको खुलेको छ।

चामल खरिद प्रकरणका प्रमुख नाइके पनि सुवेदी नै भएको खुलेको छ। नगरप्रमुख साहलाई घेराबन्दीमा पारेर सबै काम उनकै डिजाइनमा भएको नगरका कर्मचारीहरू बताउँछन्।

 

प्रकाशित मिति: : 2022-05-08 19:08:00

प्रतिकृया दिनुहोस्