छत्रपतिको छल !

झापाको गौरादह नगरपालिकामा नेकपा (एमाले)का मेयरका उम्मेदवार छत्रपति सुवेदीले भूमिहीन सुकुम्वासीका ५८ वटा फिल्डबुक दराजमा लुकाएको खुलेको छ।

राष्ट्रिय भूमि आयोग झापाले भूमिहीन सुकुम्वासीलाई जग्गा दिने प्रक्रिया सुरु गर्न लगत संकलन गर्ने क्रममा पूरानो प्रगति विवरण माग गरेको थियो। तर,  गौराहद–५ का वडाध्यक्ष समेत रहेका सुवेदीले फिल्डबुकका कागजात नदिएपछि आयोगका अध्यक्ष तिलकसिंह पाण्डेले सुवेदीको दराज फोडेर ५८ जनाकै फिल्डबुक लिएका थिए।

वडा कार्यलयमा कागजात थन्क्याएर काम अघि बढाउन नदिएपछि आयोगका झापा अध्यक्ष पाण्डेले प्रहरीको रोहवरमा वडाको दराज फोडेको स्थानीय पीडितहरू बताउँछन्।

आयोगले फिल्डबुकवालाहरूको जग्गा कायम गरी धनीपुर्जा दिने डरले सुवेदीले छल गरेको स्थानीयको भनाई छ। 

सधैं भूमिहीनहरूलाई एमालेको खेतालो र झोले बनाएर राख्ने सुवेदीको योजनालाई भूमि आयोगका झापा अध्यक्ष पाण्डेले तुहाई दिएका छन्। चुनावमा कुनै पनि नारा नबिकेपछि पछिल्लो समय सुवेदी छटपटाउन थालेका छन्।

सुवेदीले कोरोना कहरले सर्वसाधारण नगरवासी ब्याकुल भएको समयमा समेत चामलमा कमिसन खाएको बुझिएको छ। 

समाचार स्रोत भन्छ, क्वारेन्टाइनमा मुस्किलले २ सय जना पनि बसेनन्। तर,उनले ८ सय जनाको नाममा खाद्यान्न प्रयोग भएको बिल बनाएर नगरबाट नगद बुझेका थिए।

राहतका लागि ल्याइएको चामलको भुक्तानी लिइसकेका सुवेदी चामलको हिसाब अझैसम्म बुझाउन सकेका छैनन्।

सुवेदीको छल थति मात्र नभई  तराई-मधेस समृद्धि कार्यक्रम अन्तरर्गत गौरादह–१ का लागि आएको विकास बजेट उनले आफ्नो वडा–५ मा लगे।

नगरको वडा–५ मा मकैको चिउरा मिल निर्माणको आयोजना सम्पन्न गर्न उनले लगेको डेढ करोड बजेटको हिसाब हिनामिना गरे।

स्थानीय भन्छन्-नगरवासीले रुचाएको भन्दा नेताले रुचाएको व्यक्तिलाई उम्मेदवार बनाएर पठाएपछि एमालेलाई नगर प्रमुख जित्न हम्मेहम्मे भएको छ।

बहुमतको दम्भ प्रयोग गरि जथाभावी बजेट छरेका सुवेदी उपभोक्ता समितिमा आफ्नो किचन क्याविनेटका कार्यकर्ता राखेर काम गरेको आरोपमा समेत बारम्बार विवादमा आइरहन्छन्। 

प्रकाशित मिति: : 2022-05-07 20:46:00

प्रतिकृया दिनुहोस्

    Kati posa ma bikera yo lekheko ho ????kunai praman bina yo lekhana milchha ???pran sahit lekhannus hami sat dinxau tapailai patrako man bokera tasya hin kura lekhanu ramro hoina

    • 2 बर्ष अगाडि
    • Ankit Gautam