सुनसरीको रामधुनी नगरपालिका– ८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन्।
रामधुनी नगरपालिका वडा नम्बर ८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन्।
उनी गत विहीबार इनरूवा- ४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए।