फरार सूचीमा रहेका व्यक्तिलाई एमालेले बनायाे गाउँपालिका अध्यक्षकाे उम्मेदवार

Breaknlinks
Breaknlinks

नेकपा (एमाले) धनुषाको बटेश्वर गाउँपालिकामा बैंकिङ कसुरमा फरार रहेका श्यामसुन्दर महतोलाई गाउँपालिका अध्यक्षमा उठाएको छ। प्रहरीको फरार सूचीमा रहेका यावद अहिले चुनावी घरदैलोमा व्यस्त छन्।

२०७७ सालमा लालबहादुर क्षेत्रीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका थिए।

क्षेत्रीको उजुरीपछि प्रहरीले यादवलाई पक्राउ गर्न उच्च अदालत पाटनमा २०७६ साउन ७ गते पक्राउ पूर्जी माग गरेको थियो। प्रहरीको माग बमोजिम उच्च अदालत पाटनले साउन १३ गते यादवविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। अदालतको पक्राउ पूर्जी जारी भएपछि यादव फरार भएका थिए।

धनुषमा राजनीतिक पहुँचकै आधारमा उनले उन्मुक्ति पाउँदै आएका थिए। प्रहरी वृत्त सिंहदरबारले यादवलाई पक्राउ गर्नको लागि २०७६ साउन २९ गते इलाका प्रहरी कार्यालय ढल्केबरलाई पत्राचार गरेको थियो।

बैकिङ कसुरमा पक्राउ पुर्जी जारी भएका यादव राजनीतीक आडमा बच्दै आएका थिए। उनै यादवलाई एमाले धनुषाले गाउँपालिका अध्यक्षको उम्मेदार बनाएको हो।

फरार यादवका बारेमा अदालतमा बुझ्ने काम भइरहेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए। बिएल नेपाली सेवासँग कुरा गर्दै एसपी रजौरेले भने, ‘पक्राउ पूर्जी जारी रहेको कुरा जानकारीमा आएको छ, मुद्धा पुरानो रहेछ, हामी बुझ्दै छौं।’

पक्राउ पूर्जी जारी भएका यादवले भने यो विषयमा कुरा गर्न चाहेनन्। यसबारे  साेध्दा उनले भने,‘म अहिले बाहिर छु, पछि कुरा गरौंला।’

प्रकाशित मिति: : 2022-05-06 19:22:00

प्रतिकृया दिनुहोस्