उन्नत लाेकतन्त्र पार्टीबाट काठमाडाैँ महानगरपालिकाकाे मेयर पदमा उम्मेदवारी दिएका प्रेमसागर कर्माचार्यले तमसुक पत्र सार्वजनिक गरेका छन्। स्थानीय तह निर्वाचनकाे लागि प्रतिवद्धताकाे रूपमा उनले शुक्रबार एक कार्यक्रमका बीच ३२ बुँदे तमसुक पत्र सार्वजनिक गरेका हुन्।
चुनाव आउन मात्रै एकहप्ता बाँकी रहँदा काठमाडाैँकाे विकास र समृद्धिकाे लागि लामाे अध्ययनपछि तयार गरेका तमसुकपत्र सार्वनिक गरिएकाे बताएका छन्। कर्माचार्यले अन्य दलकाे घाेषणा पत्र जस्ताे याे नभएकाे र यसमा ल्याप्चे गरेर जनतामाझ लैजाने बताएका छन्।
‘अन्य दलका उम्मेदवारहरूले घाेषणपत्रकाे रूपमा मीठा सपना मात्रै बाँड्छन् तर हामी अरू दल जस्ताे जनतलाई झुक्याउने पार्टी हाेइनाैँ त्यसैले हामीले याे तमसुक पत्र जनतामाझ ल्याएका हाेँ,’ कर्माचार्यले भने,‘यसमा ल्याप्चे लगाएर हामीले काठमाडाैँबासीलाई बुझाउँछाैँ, चुनाव जितेर यी काम पूरा गरिएन भने हामीलाई मेयरबाट फिर्ता बाेलाउन सक्नुहुनेछ।’
उनले आफ्नाे चुनाव चिन्ह ‘किताब’मा भाेट हाल्न आग्रह गरे।
यस्ताे छ ३२ बुँते तमसुक पत्र:
१. स्थानीय सरकार, स्थानीय रोजगारी
२. महानगरीय यातायातको व्यवस्थापन
क. छुट्टै महानगरीय सार्वजनिक सवारीको व्यवस्था, ख. ट्राफिक जामको यथोचित व्यवस्थापन गर्ने
३. फोहर व्यवस्थापन
क. फोहरको वर्गीकरण गर्ने, ख. ल्याण्डफिल्डलाई न्यूनीकरण गर्दै जाने ग. पुनर्प्रयोजनलाई व्यवस्थापन गर्ने ४. त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्ने
५. आगलागि नियन्त्रणको लागि भित्री शहरमा पाईप लाईन बिस्तार गर्ने
६. महानगरबासीलाई फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने
७. सिङ्गो महानगरलाई स्वस्थ्य बनाउन योग / व्यायाम स्थल स्थापन गर्ने
८. प्रत्येक बैठकलाई Online मा राख्ने
९. महानगरको प्रशासनिक क्षेत्रलाई अत्याधुनिक प्रबिधि युक्त बनाउने
१०. सांस्कृतिक शहरको अवधारणालाई ब्यवहारिकरण गर्ने
११. महानगरबासीका व्यक्तिगत घटना दर्ताका आवश्यक कागजतहरूको पूर्ति घरदैलोमै उपलब्ध हुने
व्यवस्था गर्ने ।
१२. महानगरीय समस्याको लागि चौबिसै घण्टा फोन सेवा उपलब्ध गराउने
१३. महानगर भित्रका सुकुम्बासीहरूको सहि पहिचान गरी समाधान गर्ने
१४. निःशुल्क सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने
१५. वटुवाहरूको लागि निःशुल्क स्वस्थ पिउने पानीको व्यवस्था गर्ने
१६. जेष्ठ नागरिकहरूका लागि हेरचाह केन्द्र सञ्चालन गर्ने
१७. राज्यद्वारा निःशुल्क उपलब्ध औषधिलाई सहज तवरले उपलब्ध हुने व्यवस्था गर्ने
१८.हाल सेवा प्रदान गरिरहेका स्वयंसेवी महिलाहरूलाई तलव भत्ताको व्यवस्थापन गर्ने
१९) दीर्घरोगीहरूलाई घर–घरमा स्वास्थ्य परिक्षाणको व्यवस्था गर्ने २० महानगरबासीहरूलाई उपचारका क्रममा आवश्यक रगत र रक्त- त्वहरूको पूर्णत: निःशुल्क उपलब्ध गराउने
२१. युवा बेरोजगारको समस्या हल गर्न योग्यतानुसार महानगरले आवश्यकतानुसार लगानी गर्ने
२२.निःशुल्क व्यबस्थित पार्किङ्गको व्यबस्थापन गर्ने
२३. सामुदायिक बिद्यालयको स्तरोन्नति गर्ने
२४. संयुक्त राष्ट्र संघमा दर्ता भएको नेपाल भाषा रञ्जना लिपिलाई सार्वजनिक जानकारी गराउँदै प्रचलनमा ल्याउन पहल गर्ने
२५. हाल लिई रहेको बहाल करमा ५०% सम्म छुट गर्ने
२६. उपत्यकाभित्र सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको व्यवस्था मिलाउने
२७. पुर्जाविहीन महानगरबासीलाई पुर्जा उपलब्ध गराउन व्यवस्था मिलाउने
२८. विश्व सम्पदा सूचीमा परेका आवास क्षेत्रमा सवारी आवागमनको लागि परिचय पत्रको व्यबस्था गर्ने
२९. फुटपाथका पसलहरूलाई यथोचित व्यवस्थापन गर्ने
३०. बन्द कलकारखानाहरू सञ्चालनको व्यवस्था गर्ने
३१.२०७२ सालको महाभूकम्पले क्षति पुग्न गएको घरहरू हालसम्म पुनर्निमाण गर्न नसक्नेहरूका लागि महानगरपालिकाले सरल ब्याजमा कर्जा उपलब्ध हुने व्यवस्था गर्ने
३२. खेलकुदको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्नसक्ने सक्षम महानगरीय खेलाडीहरूलाई उचित व्यवस्थापन गर्ने।