जोशिपुर गाउँपालिका–६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ।
आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।