चुनावी प्रचारप्रसारको लागि मेयर विष्टको राजीनामा

file photo
file photo

मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका हुन्।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए। निर्वाचन आचारसंहिता अनुसार बहालवाला मेयरले चुनाव प्रचारप्रसारमा जान नमिल्ने भएपछि राजीनामा दिएको उनले बताए। उनी गठबन्धको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट ‘आदर्श’को चुनावी अभियानमा लाग्नेछन्।

प्रकाशित मिति: : 2022-05-05 18:14:00

प्रतिकृया दिनुहोस्