स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उदेश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेकाे छ। नमुना मतदानमा ३४ जना सहभागी थिए। सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन।
विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेकाे मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए।
नमुना मतदानमा महिला पुरुष,अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए।