गठबन्धनको सरकारले स्थायित्व दिन्छ : डिना उपाध्याय

File Photo
File Photo

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन्।

गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन्। 

भरतपुरमा बिहीबार आयाेजित गठबन्धनकाे आमसभालाई सम्बाेधन गर्दै उनले जनताकाे चाहनाअनुसार सरकार बनेको बताइन्। गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेकाे जानकारी दिइन्। 

गठबन्धनको निरन्तरता आवश्यक रहेकाे दाबी गर्दै उनले मतदाताले चाहेको गठबन्धनको निरन्तरता गर्न शिर्ष नेताले सुनिश्चितता गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: : 2022-05-05 15:05:00

प्रतिकृया दिनुहोस्