रुकुमपश्चिममा माओवादी र कांग्रेसका कार्यर्ताबीच झडप, ६ जना घाइते

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी  केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ। 

चुनाव प्रचारप्रसारका क्रममा दुई कार्यक्रताबीच झडप भएको हो। 

उक्त झडपमा ६ जना घाइते भएका छन्। कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ। 

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि प्रहरी परिचालन गरिएको बताइएकाे छ। 

प्रकाशित मिति: : 2022-05-05 12:41:00

प्रतिकृया दिनुहोस्