एनआरएनए आइसीसीको ८४ औं बैठकले के–के गर्‍यो निर्णय !

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८४ औं बैठक सम्पन्न भएको छ। 

एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा शनिबार बसेको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो। 

६ घण्टा १२ मिनेटसम्म चलेको उक्त बैठकले आगामी कार्यकालको लागि एक महिनाभित्र नीति तथा कार्यक्रमहरु तयार गर्न उपमहासचिवद्वय नारायण काफ्ले र रामशरण सिम्खडालाई जिम्मेवारी दिएको थियो।

बैठकमा रबिना थापा तथा डा. बद्री केसी लगायत संघका ११६ जनाको पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिति रहेको थियो।

 बैठकले गरेको यस्ता छन् निर्णय

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२२ अक्टोबर ८ देखि १० गतेसम्म विधान सम्मेलन, विज्ञ सम्मेलन तथा 'एनआरएनए डे' काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ।

बैठकले संघको २०२१-२०२३ सञ्चालन सम्बन्धी कार्यविधि निर्देशिका अनुमोदन गर्नका सार्थ संघका क्षेत्रीय संयोजकहरुलाई पदाधिकारी बैठकमा पर्यवेक्षकका रुपमा सहभागिता गराउने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा शुल्क तिर्न बाँकी पदाधिकारी, सदस्य तथा राष्ट्रिय समन्वय समितिहरुलाई १५ दिनभित्र शुल्क बुझाउन अनुरोध गरेको छ।

बैठकले विधान समितिको सदस्यसचिवमा गंगाधर गौतमलाई तोकेको छ। त्यस्तै विधान समिति सदस्यमा आउन इच्छा जाहेर गरेका सदस्यहरुलाई सहभागिता गराई पूर्णता दिने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको आगामी कार्यकालबाट महिला उम्मेदवारहरुको उम्मेदवारी शुल्क र बाँकी एनआरएनएको प्रयोजनको लागि तोकिएको शुल्कमा ५०५ छुट दिने निर्णय गरेको छ।

वैदेशिक रोजगार कल्याणकारी कोष वृद्धि तथा उद्देश्य लक्षित कार्य गर्ने निर्णय गरेको छ।

नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी संघको युवा विभागलाई प्रदान गरेको छ।

गैरआवासीय नेपाली संघको दशौं महाधिवेशनको संघारमा देखिएका समस्या समाधान र एनआरएनएमा एकता कायम गर्नको लागि अन्तर्राष्ट्रिय सचिवालय पदाधिकारीहरुलाई आवश्यकता अनुसार समिति गठन गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको पदाधिकारी बैठकबाट प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदल तथा समितिका संयोजकहरुको नामलाई अनुमोदन गर्दै एक महिनाभित्र (टिओआर) बनाउन र राष्ट्रिय समन्वय समितिसंग समन्वय गरी कार्यसमितिलाई पूर्णता दिन अनुरोध गरेको छ।

गैरआवासीय नेपाली सङ्घको एघारौं विश्व सम्मेलन अक्टोबर ८ देखि १४ तारिख सम्म गर्ने निर्णय गरेको छ।

संघको दशौँ महाधिवेशन पश्चात विधानतस् व्यवस्था भएको संरक्षक, केन्द्रीय सल्लाहकार, सदस्य र मानार्थ परिषद सदस्यहरुको मनोनयनका लागि अध्यक्ष र महासचिवहरुले अबको १५ दिन भित्र सहमतिको आधारमा प्रक्रिया पूरा गरी मनोनयन गर्न अख्तियारी दिएको छ।

गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको बैठकद्वारा प्रस्तावित डिपार्टमेन्ट प्रमुख, कार्यदलका प्रमुख तथा उपसमितिका संयोजकहरुको नामावलीलाई अनुमोदन गरेको छ।


 

प्रकाशित मिति: : 2022-05-01 22:33:00

प्रतिकृया दिनुहोस्