बैतडीमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध 

file photo
file photo

बैतडीका विभिन्न स्थानमा गत ३ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ।

जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो। 

विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ। विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ।  

ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए। उनले भने, 'तीन दिनदेखि विद्युत सुचारु भएको छैन। विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्युजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउँछन्।' 

विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएकाछन्। सुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो। विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन। 

वर्षा र हावाहुरीका कारण जिल्लाभरी अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ।

प्रकाशित मिति: : 2022-05-01 21:14:00

प्रतिकृया दिनुहोस्