नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

Breaknlinks
Breaknlinks

धिरजप्रताप सिंह नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन्।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी नियुक्त गरेको हो। 

हालका आईजीपी शैलेश थापाक्षेत्रीले सोमबारबाट अनिवार्य अवकाश लिँदै छन्। 

२९ औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल, सहकुल बहादुर थापा र रविन्द्र बहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपी बनेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो नम्बर वरियतामा रहेका सिंहलाई आईजीपी बनाएपछि प्रहरी वृत्तमा विवाद चर्किएकाे छ। वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियरलाई उनले आईजीपी नियुक्त गरेकाे छ।

प्रधानमन्त्री देउवाले तेस्रो नम्बरका सिंहलाई आईजीपी बनाएपछि गृहमन्त्री बालकृष्ण खाँण असन्तुष्ट बनेका छन्। खाँण भने पहिलो नम्बरमा रहेका पोखरेललाई आईजीपी बनाउनुपर्ने अडानमा थिए। उनले मन्त्रिपरिषद् बैठकमा पाेखरेलकाे नाम नै प्रस्ताव गरेकाे बताइएकाे छ।

हाल उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्।

प्रकाशित मिति: : 2022-05-01 13:37:00

प्रतिकृया दिनुहोस्