महावलेश्वर डेरीको उत्पादन बजारमा

file photo
file photo

रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ। 

बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत विक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ। यसै क्रममा उद्योगले शुक्रबारदेखि काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो। पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका–१४ मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि विसं २०७८ चैतदेखि सञ्चालनमा आएको हो। 

उद्योगले स्वदेशमा नै गुणस्तरीय सामान उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्तामाझ पु¥याउने लक्ष्य लिएको शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 
    
डिलर भेटघाट ‘तगा प्रडक्ट लञ्च’ कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले स्वदेशी स्रोत साधनको उपयोग गरेर उद्योगले उत्पादन गरिरहेको बताए। उनले नेपालमा उत्पादन हुने टिनको क्यानबाहेक अन्य सामग्री स्वदेशी नै प्रयोग गरेको र समग्र स्रोत साधनको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको बताए।
     
कार्यक्रममा नेपाल डेरी एशोसिएसन अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अर्बौं रुपैयाँको दुग्धजन्य पदार्थ आयात गरेको उल्लेख गर्दै त्यस्ता चिजको आयात प्रतिस्थापन गर्न पनि यस्ता उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताए।
 
बागमती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादनभन्दा महावलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताए। कम्पनीका नेशलन सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै प्रडक्ट उत्पादन गरेको र यो उत्पादनले छोटो समयमा नै उपभोक्ताको मन जितेको बताए।
     
उद्योगले विसं २०७५ माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उद्देश्यले रु २० करोडको लागानीमा बुटवल–१४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि स्थापना गरेको हो। विसं २०७८ माघदेखि आफ्नो उत्पादन सुरु गरेको यस उद्योगले दैनिक दुई हजार लिटर दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ। 

हाल यस उद्योगमा ३० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिँदै आएको छ। उद्योगसँग जोडिएका करिब ५०० किसान परिवारलाई प्रत्येक १५-१५ दिनमा आफ्नो दूधको भुक्तानी दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-30 12:54:00

प्रतिकृया दिनुहोस्