‘केशव स्थापितलाई जिताएर उडन्ते गफ सुन्न नपरोस्’

फाइल तस्विर
फाइल तस्विर

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनकाे लागि देशभरबाट उम्मेदवारकाे टुङ्गाे लागेकाे छ। देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि १ लाख ५० हजार ४ सय ९४ जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये एक हुन्, केशव स्थापित।

सबैभन्दा ठूलाे पार्टी नेकपा (एमाले)बाट देशकाे रानधानी काठाडाैँकाे मेयर पदमा उम्मेदवार दिएका स्थापित डेढ लाख उम्मेदवारमध्ये सबैभन्दा चर्चित छन्। यसअघि दुई पटकसम्म काठमाडाैँकाे मेयर बनेका स्थापित विगतकाे काम मात्रै नभएर विभिन्न प्रोपागान्डा र अभिव्यक्तिले चर्चामा छन्।

संवेदनशील विषयलाई पनि हावादारी प्रस्तुति दिएर उनी सबैकाे नजरमा परेका छन्।

पहिलो पटक वि.सं. २०५४ सालमा काठमाडाैँकाे मेयरमा निर्वाचित उनले केही महत्वपूर्ण काम गरेर चर्चा कमाए। भने, राजा ज्ञानेन्द्र शाहकाे पालामा पूर्ण मेयर बन्दा केही आलाेचित समेत बन्नु परेकाे थियाे। रत्नपार्क सुधार तथा माइतीघरकाे निर्माणलगायत सडककाे स्तरउन्नति उनले गरेका महत्वपूर्ण काम हुन। त्यसैले उनकाे विगतकाे छविका कारण काठमाडाैँबासीले उनीमाथि केही अपेक्षा गरेका छन्। तथापि, रत्नापार्क सम्झाएर र माइतीघर देखाएर मात्रै उनले उनले चुनवा जित्न सम्भव छैन, किनकी उनकाे प्रतिस्पर्धीका रूपमा गठबन्धनबाट काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह र युवामाझ लाेकप्रिय बालेन शाहसँगै ५६ जनाले उम्मेदवारी दिएका छन्।

स्थापित बन्लान त तेस्राे पटक मेयर ?

स्थापितको इतिहास हेर्दा धेरै नै रोचक छ। एमालेबाट वागमती प्रदेश सभा सांसदमा विजयी उनी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन। तर, उनले भाैतिक पूर्वाधार मन्त्रालयमा चित्त बुझाउनु परेकाे थियाे।  काठमाडाैँकाे नेवा: समुदायमा राम्रो छवि भएका उनी यतिबेला काठमान्डौको मेयर पदमा उमेरदवारी दिएका छन्। महानगर लगायतका ठाउँमा सडक विस्तारदेखि लिएर विभिन्न सामाजिक सेवा गरेका स्थापित महानगरको आँखाको नानी बनेका छन्।

स्थापित दुई पटकसम्म यौन दुर्व्यवहारकाे आरोपमा फसेका छन्। उनीविरुद्ध महिलाहरुले यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट बर्खास्त भएका थिए। उनी यस्ता घटनामा बेला बेलामा विवादमा पर्दै आएका छन्। तथापी, लोकप्रिय नारा बोकेर मतदातालाई प्रभावित पार्ने खुबी स्थापितमा छ। तर, उनले बोलेका कुराहरु पूरा गर्न नसकेर विवादमा पर्ने गरेका छन्।

अहिले स्थानीय तह निर्वाचनकाे माहाेल फरक छ। काठमाडाैँको मेयरका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिन्छ। विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारीहरू निकै शत्तिशाली छन्।

उम्मेदवारी दिएसँगै सामाजिक सञ्जालमा उनलाई लिइएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। प्रस्तुत छ सामाजिक सञ्जालमा स्थापितबारे सार्वजनिक टिप्पणीहरू:

खगेन्द्र सगौला

समाजको कुनै पनि सभ्य निकायबाट सफाइ नपाएको मि टु'को घाँडो भिरेर केशव स्थापित मेयरमा उठेछन्। यिनले कति भोटले हार्छन्, पर्खेर हेरौँला, मि टु महलको गर्जनलेचैं ३ सहरको आकाशै चिरिने भो। र, लास्टामा केशव स्थापित लोकदृष्टिबाट अलप, ओली सरका निधारमा कलङकको टीका, एमालेको नाक चैट।

बिन्देश दहाल

काठमाडाैँ महानगरपालिका हाँक्न सबभन्दा उपयुक्त पात्र केशव स्थापित हुन्, किनकी उनले काम गरेर आएका छन्। उनको पक्षमा भोट हाल्नु दुविधा छैन।

कृष्ण घिमिरे

शासक प्रशाशक सनकील भयो भने कहिलेकाहीँ २/४ वटा असल काम पनि हुन्छन्। तर, यस्ताकाम रणनीतिक, पारदर्शी, जनहितउन्मुख र दिगो हुँदैनन्, केशव स्थापित यसको उदाहरण हुन्। मी टु अभियोग लागेको, अनुसन्धान र छिनोफानो नभएको यौन दूराचारमा आरोपितको जयकार गर्नु पर्ने एमाले कार्यकर्ताको कत्रो बिडम्बना।

सौगात गौतम

केशव स्थापित प्रोपागान्डा मेकर हुनु। कुनै बेला विद्यादेवी भण्डारी जिताउने बेला होस् वा अघिल्लो चुनावमा खसीखसी गरेर उनको विशेषता नै यस्तै कुरा गर्ने हो। सायद उनलाई राजनीतिमा रोक्ने राम्रो समय यही हो जसले गर्दा आउने दिनमा उडन्ते गफ बकम्फुसे प्रोपागान्डा हामीले सुन्न नपरोस्।

निश्चल वाग्ले

केशव स्थापितले २०५४ सालमा नै आफनो योजना र कार्यशैलीले सफल मेयरको छाप छोडिसकेका छन। कुनै आरोप लाग्नु र प्रमाणित हुनु फरक विषय हो। निर्वाचनमा विपक्षीले लगाएका तथ्यहीन आरोप छोडी उनी मेयर हुँदा गरेका कार्य चर्चा गरौं, काठमाडाैँ महानगरलाई आज पनि केशव स्थापित सबैभन्दा योग्य मेयर हुन्।

यी त सामाजिक सञ्जालमा आएका प्रतिक्रिया भए तर वास्तविक मैदान भने धेरै फरक छ। त्यसैले सबैकाे चासाे रहेकाे र राजनीतिक दलकाे प्रतिष्ठाकाे विषय जाेडिएकाे यहाँ कसले बाजी मार्ला त्याे भने हेर्न बाँकी छ। जितको शुभकामना ।

प्रकाशित मिति: : 2022-05-06 18:15:00

प्रतिकृया दिनुहोस्