दाङमा ११ जना महिलको प्रमुख पदमा दाबी

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दाङमा ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। जिल्लाका १० स्थानीय तहहरुमध्ये ६ स्थानीय तहमा ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका हुन्। 

नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल र स्वतन्त्रबाट महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

जसअनुसार प्रमुख पदमा नेपाली काँग्रेसबाट १ जना, एकीकृत समाजवादीबाट दुई जना, मंगोल नेश्नल अर्गनाइजेशनबाट तीन जना, नागरिक उन्मुक्ति पार्टीबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना र स्वतन्त्रबाट एक जना महिलाको उम्मेदवारी दिएका छन। 

काँग्रेसबाट राप्ती गाउँपालिकाको अध्यक्षका लागि जगदम्बाकुमारी चौधरीले उम्मेदवारी दिएकी छन्। उनी ०७४ को निर्वाचनमा राप्ती गाउँपालिकामा नै उपाध्यक्षमा निर्वाचित भएकी थिइन। राप्ती गाउँपालिकामा नै एकीकृत समाजवादीबाट सीता नेपालीको उम्मेदवारी दिएकी छिन्। 

एकीकृत समाजवादीबाट लमही नगरपालिकामा शान्ता घिमिरेले प्रमुखका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घोराही उपममहानगरपालिकाको प्रमुखमा सरिता देवकोटा र तुलसीपुरमा जगधनी चौधरीले उम्मेदवारी दिएका छन। 

मंगोल नेश्नल अर्गनाइजेशनबाट घोराहीमा कल्पना चौधरी, तुलसीपुरमा जया घर्ती मगर र बंगलाचुली गाउँपालिकामा गीताकुमारी पुनले उम्मेदवारी दिएका छन्। 

नागरिक उन्मुक्ति पार्टीबाट घोराहीमा शान्ता चौधरी, तुलसीपुरमा प्रभा चौधरी र दंगीशरणमा स्वतन्त्रबाट आशा केसीले प्रमुखका लागि उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-28 07:18:00

प्रतिकृया दिनुहोस्