डाेल्पामा उम्मेदवारी दिन गएका युवामाथि निर्घात कुटपिट, प्रशासन भन्छ- घटनाबारे थाहा छैन

डाेल्पाकाे छार्काताङसाेङ गाउँपलिका वडा नम्वर ५ काे पिम्री गाउँमा एकजना स्थानीयमाथि निर्घात कुटपिट भएकाे छ।

साेमबार घेराङ गाउँबाट कागकाेटमा उम्मेदवारी दिन भनेर आएका स्थानीय धावा गुरूङमाथि पूर्व तथा हाल निर्विराेध चुनिएका वडा अध्यक्ष सोनाम साङवो गुरुङले युवाहरू लगाएर ढुंगाले निर्घात कुटपिट गरेकाे एक स्थानीयले बताए।

अध्यक्ष गुरूङले बाटाेमा हिँडिरहेकाे स्थानीयलाई किन कुटपिट गरे भन्नेबारे खुलेकाे छैन। तर,आफूविरूद्धकाे वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकाे भन्दै कुटपिट गरेकाे स्थानीयकाे आशंका छ।

घाइते धावाले उम्मेदवारी दर्तासमेत गर्न पाएनन्। कुटपिटबाट घाइते स्थानीय धावाकाे टाउकाेमा गहिराे चाेट लागेकाे र उपचारसम्म नपाएकाे स्थानीयले जानकारी दिए।

यसबारे प्रहरी प्रशासनसँग बुझ्दा अहिलेसम्म पनि बेखवर छ। घटनाबारे प्रजिअ बेदनिधि अधिकारीसँग बुझ्दा कुनै जानकारी नभएको बताए।

प्रकाशित मिति: : 2022-04-26 11:49:00

प्रतिकृया दिनुहोस्