सल्यानमा जेसीबी दुर्घटना हुँदा दाङका एक जनाको मृत्यु

सल्यानमा जेसीबी दुर्घटना हुँदा दाङका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका वडा नं.४ गैरीगाउँ निवासी ३३ वर्षीय देवराज खत्री रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

सल्यानको बागचौर नगरपालिपका वडा नं. ६ स्थित सिमलकुनाको भित्रि सडक बनाउने क्रममा शनिबार राती साढे ९ बजे जेसीबी दुर्घटना भएको थियो। जेसीबी सडकबाट खसेर करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

खत्रीको घटनास्थलमै मृत्यु भएको हो भने जेसीबीका सहचालक गम्भीर गाइते भएका छन्। उनको सल्यान अस्पतालमा उपचार भइरहेको छ।

मैदुलेदेखि वडा कार्यालय जोड्ने सडक फराकिलो गर्ने क्रममा जेसीबी दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2022-04-24 08:19:00

प्रतिकृया दिनुहोस्