एमालेले यसपटक पनि छाेडेन पानी जहाज, रेललगायतका यातायात प्रणालीको विकास गर्ने प्रतिबद्धता

नेकपा एमालेले सार्वजनिक यातायात सेवालाई प्रभावकारी बनाउन रेल सेवाको विकास गर्ने जनाएको छ।

एमालले शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त प्रतिबद्धता जनाएको हो।

‘प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरूमा जल यातायात (पानी जहाज) को विकास गर्ने,’ घोषणापत्रमा एमालेले लेखेको छ।

अघिल्ला स्थानीय, संघ र प्रदेशको चुनावमा पनि एमालेले घोषणापत्रमा रेल र जल यातायात सेवालाई उच्च प्राथमिकता दिएको थियो। तर दुवै कुरा उसले पुरा गर्न सकेको थिएन। यसपटक सार्वजनिक गरेको घोषणापत्रमा पनि एमालेले रेल र जल यातायात दुवै सेवालाई प्राथमिकतामा राखेको छ।

घोषणापत्रमा एमालेले सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने जनाएको छ।

सडक, हवाइ, जल, केबुलकार र रेलवे, दुरसञ्चारलगायत आवागमन र सञ्चार सम्बन्धका सबै माध्यमहरूको विकास र प्रयोग गरी आवागमन, सेवा र आपूर्ति व्यवस्थालाई सहज र आधुनिक बनाउने दाबी घोषणापत्रमा गरिएको छ।

प्रकाशित मिति: : 2022-04-22 16:20:00

प्रतिकृया दिनुहोस्