नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बालबालिकादेखि युवाहरू सबैले एमालेलाई मायाले गरेर ‘आई लभ एमाले’ भन्न थालेकाे बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पार्टी कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा बाेल्दै ओलीले भने, ‘पूर्व आज के भन्छ ? पश्चिमले आज के भन्दै छ ? नेकपा एमाले हो, भन्छ। बालबालिकादेखि युवाहरू यतिबेला आई लभ एमाले भन्ने गरेका छन। एमालेलाई माया गरेका छन्।’