चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन्।
वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिएकी हुन्।
दाहालले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।
उनी सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयरकाे उम्मेदवार बन्न लागेकी हुन्।