सन्तोस तरुण दल सभापति भएपछि युवाहरु उत्साहित,काँग्रेसमा छायो खुशीयाली 

युवा व्यवसायी तथा खेलप्रेमी युवा सन्तोस योन्जन तरुण दल सभापति भएपछि कांग्रेसमा खुशीयाली छाएको छ। युवाहरु उत्साहित भएका छन्। पाकाहरु हर्षीत भएका छन्। कारण, सन्तोषले केहि गर्छ, राम्रो काम गर्ने सहयोगी केटो हो। 
सन्तोषलाई आज उर्लाबारी—९ को वडा नेपाल तरुण दल सभापति बनाईको हो। युवाहरुको भेलाले सन्तोषलाई सर्बसम्मत छानेको छ। 
सन्तोष भन्छन्, राम्रो गरौ भन्ने हो पदको लोभ गर्ने होईन, अवसर पाए जिम्मेवारीलाई पुरा गर्न सक्छु सक्दिन भन्ने कुरा महत्वपूर्ण हो। 
उनले आफु नाममा भन्दा काम रमाउने गरेको बताए। 
नाम त खोजिन्छ नै, तर नामको लागि पहिले काम गर्नु कस्तो काम गरियो त्यसै जस पाईने हो। 
भेलाले सबै सर्वसम्मत भएपछि पार्टीमा एकता लहर समेत देखिएको छ। हिजोका दिनमा सँगै हिडाएको अंग्रज दाईहरुले पनि तरुण त समाल भतिज भनेपछि उनी एकछिन् अन्यौल बने। तर कांग्रेस नेताहरुले उनको क्षमता बुझेपछि उनी केहि गरेर देखाउछु भन्नेमा आशावादी छन। 
उनी गोल रक्षक हुन, तर आज ९ नम्बरमा उनी अगाडी निस्केर कांग्रेसलाई जिताउनका लागि गोल हान्ने तयारीमा छन्। 
कांग्रेसमा सन्तोष भाई जस्तो मान्छे पाउँदा एकदमै खुशी लागेको छ,नेपाली कांग्रेस  उर्लाबारी—९ का सभापति कैलाश थापा मगरले  खुशी हुँदै भन्छन्, हिजो हाम्ले यतिकै पार्टीमा बोलाउँदा बिना पद त कति धेरै काम गर्थियो, ज्यान ध्यान दिनथियो, पक्कै पनि हामीले सोचेको कांग्रेस बनाउने अभियानमा असल भाई पायौ मात्र होईन, सिंगो कांग्रेस खुशी छ उर्लाबारीमा। 

प्रकाशित मिति: : 2022-04-22 00:02:00

प्रतिकृया दिनुहोस्