ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुने भारतीय नागरिक भएको खुलेको छ।
मृत्यु हुनेमा भारत बिहारका वृज माेहन महताे रहेकाे ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बिएल नेपाली सेवालाई जानकारी दिए।
विस्फाेटमा अन्य ७ जना घाइते भएका छन्। घाइते मध्ये ६ जनालाई पाटन अस्पताल लगिएको छ। भने, एक जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।