अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संघीय रिजर्व बैंकका प्रमुख जेरोम पावेललाई तत्काल राजीनामा दिन भनेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत उनले ‘टू लेट्’ भन्दै पावेललाई ‘तत्कलै राजीनामा दिनुपर्ने’ बताएका छन्। यो अमेरिकी बैंकिङ नीति बनाउने केन्द्रीय बैंकिङ प्रणाली हो।
यसअघि पहिलो कार्यकालका बेला ट्रम्प आफैले उनलाई नियुक्त गरेका थिए। ट्रम्पले पटक पटक ब्याजदर कतौती गर्न आग्रह गर्दा पनि पावेलले त्यसलाई वेवास्ता गर्दै आएका छन्।
केही दिनअघिमात्रै पनि उनले ब्याजदर कटौती गर्न आग्रह गर्दै पावेललाई हटाउने आफ्नो कुनै मनसाय नभएको बताएका थिए।
दोस्रो कार्यकाल सम्हालेलगत्तै ट्रम्पका कतिपय कर नीतिहरूले अमेरिकी अर्थतन्त्र अहिले अस्तव्यस्त भएको छ।
यस्तो बेलामा केन्द्रीय बैंकलाई उनले पटक पटक ब्याजदर कटौती गर्न भन्दै आएका छन्। तर पावेलले भनेका छन् ‘ट्रम्पले करनीतिहरू लागु नभएको र अमेरिकी अर्थतन्त्रमा यो असर नदेखिएको ब्याजदरमा कटौती उहिल्यै हुने थियो।’
पावेलले ट्रम्पका नीतिहरूको आलोचना गर्दै आएका छन्।