गणेशमान स्मृति रोड रेस १७ वैशाखमा 

गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा  तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर  र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन्।

१० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।  दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ,  चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ।  संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर  दौड थप गरिएको छ।

प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।  

प्रकाशित मिति: : 2022-04-20 14:50:00

प्रतिकृया दिनुहोस्