पल शाह प्रकरण: दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलायाे

तेजन खड्का

काठमाडाैँ

बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा जाेडिएका गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ। उनी बलात्कार गरेको घटनाका एकजना साक्षी समेत हुन्।

आइतबारदेखि पीडित गायिका, जाहेरवाला उनका बावु र अन्य साक्षीहरूसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ। पीडित भनिएकी गायिकाको पक्षमा उभिएका थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको बताइएकाे छ।

अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश तनहुँतिर लागेका छन्। उनीमाथि अदालतले साक्षीका रुपमा बकप लिने छ।

नाबालिगले पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकाे स्राेतले जनाएकाे छ।

यता गायक दुर्गेश थापाले आफू अहिले तनाबमा रहेकाेले यसबारे केहि नबाेल्ने बताएका छन्। 'याे विषयमा नबाेलम् या*। अहिले कुरै नगर तनाब छ,' उनले बिएल नेपाली सेवासँग भने।

प्रकाशित मिति: : 2022-04-18 19:06:00

प्रतिकृया दिनुहोस्