एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन्।
उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गभर्नरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए।
एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोेर बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
पूर्वअर्थमन्त्री खतिवडाले अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रीले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेको आरोप लगाएका छन्। अहिले आर्थिक वृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ।
यस्तै पूर्वअर्थमन्त्री पौडेलले वर्तमान अर्थमन्त्री असफल र असक्षम देखिएको बताए। आफू असफल भएपछि राष्ट्र बैंकमा गभर्नरमाथि प्रहार गरेको उनको आरोप छ।
पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैंकका गभर्नरमाथि लगाइरहेको आरोप लगाएका छन्।
सरकार आफ्नै कारण मुलुकलाई अर्थतन्त्र अस्तव्यस्त बनाउने अवस्थामा पुगेको उनको भनाइ छ।