राप्रपाले भाेलि दाम्राभिट्टामा शक्ति प्रदर्शन गर्दै, १ हजार बढी पार्टी प्रवेशकाे तयारी !

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रतुवामाईले दाम्राभिट्टा बजारमा बृहत् सभाको आयोजना गर्दैछ। राप्रपाले शनिबार (भाेलि) सभाकाे आयाेजना गर्न लागेकाे हाे। 

करिब एक दर्जन केन्द्रीय नेताहरूकाे सहभागीता रहने सभामा विभिन्न राजनीतिक दलका प्रभावशाली नेता/कार्यकर्ताहरूकाे पार्टी प्रवेश गर्ने तयारी रहेकाे युवा नेता नारायण बस्नेतले बताए। बस्नेतका अनुसार उर्लाबारीबाट पनि साे सभामार्फत् ठूला हस्तीहरू व्यापक रूपमा पार्टी प्रवेश गर्ने छन्।

उनकाअनुसार सभाकाे पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बिक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही तथा गोपाल दाहाल, महामन्त्री प्रलादप्रसाद शाह, प्रदेश नं. १ का अध्यक्ष राम थापा, केन्द्रीय सदस्य रेखा थापालागायत स्थानीय नेताहरूले सम्बोधन गर्ने छन्। सभामा २० हजार बढी नेता कार्यकर्ताकाे सहभागी रहने दाबी गरिएकाे छ।

हिन्दूराज्य, राजतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद, प्रदेश खारेजी, पूर्ण धार्मिक स्वतन्त्रता, सबैमा समान संबैधानिक अधिकारलगायतका एजेण्डालाई अघि सारेर देशैभर जनलहर बटुल्ने क्रममा राप्रपाले सोही कार्यक्रमको निरन्तरता स्वरुप यहाँ कार्यक्रम गर्न लागिएकाे हाे।

पछिल्लो समय जनताको राप्रपाप्रति निकै आकर्षण बढेकाे छ। स्थानीय निर्वाचनको संघारमा अन्य दलबाट १ हजारभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताले राप्रपामा प्रवेश गर्न लागेपछि रतुवामाईको राजनीति तरङ्गित भएको छ। खासगरी सत्ता साझेदार दलहरूलाई यस कार्यक्रमले निकै ठूलो असर पार्नेछ।

प्रकाशित मिति: : 2022-04-01 18:36:00

प्रतिकृया दिनुहोस्