बिएल संवाददाता
लुम्बिनी-सिक्किमको सम्बन्ध विस्तार प्रगाढ बनाउन दुवै क्षेत्रका सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्ने बताएका छन्।भैरहवामा क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र सिक्किमको सिक्किम प्रेस क्लबबीच भएको भेटघाट कार्यक्रममा बोल्दै पत्रकारहरुले संगीत, भाषा, संस्कृति, साहित्यमा दुवै क्षेत्र मिल्दोजुल्दो भए पनि यो सम्बन्धलाई विस्तार गरि अझै प्रगाढ बनाउनु पर्ने बताए।
भाषा मिले पनि जुन रुपमा साझेदारी हुनुपर्ने अबको भेटपछि निरन्तर हुने गरी दुवै संस्थाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको छ। पत्रकार नै पुलको भूमिकामा रही सम्बन्ध निर्माण गर्न सक्ने सिक्किम प्रेस क्लब अध्यक्ष शेखर खवासले बताए।
सन् २००२ मा स्थापना भएको क्लबमा सिक्किम राज्यका क्रियाशील पत्रकारहरूले दुबै क्षेत्रसँग जोड्न पहल गर्ने भूमिका खेल्नु पर्ने बताए।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले दुबै देशको सम्बन्ध विस्तार गर्न पूर्ण सहयोग गर्ने, दुवै देशको समाचारलाई स्रोतको रुपमा प्रयोग गर्न र आउँदो बुद्ध जयन्तीमा नेपाल आउन निमन्त्रणा गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया