जुम्लाका साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएकाे छ।

२५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खाेप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो। याे अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खाेप लगाउन टाेली परिचालन गरिनेछ। खाेपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए।

चार वर्षमा टाइफाइडका ३५ सय बिरामी 
जुम्लामा चार वर्षमा टाइफाइटका ३५ सय बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७५/७६ मा ९ सय ७८, आव २०७६/७७ मा १ हजार १ सय ५८, आव २०७७/७८ मा ८ सय ७९ र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी ३ हजार ५ सय ९७ जना बिरामी फेला परेकाे स्वास्थ्य कार्यालयको तथ्यांक छ।

नेपालमा पाँच वर्षमा ४ लाख ५० हजार बालबालिका टाइफाइडबाट ग्रसित भएका छन्। टाइफाइड शून्यमा झार्न सरकारले खाेप अभियान सञ्चालन गर्दै आएकाे छ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकाेटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणकाे जाेखिम रहन्छ। याे राेगका लक्षण ज्वरो आउने,टाउँको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन्। दिलमाया शाही 

 

प्रकाशित मिति: : 2022-03-30 11:23:00

प्रतिकृया दिनुहोस्