बिएल संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यका नेपाली मूलका सांसद डा. ह्यारी भण्डारी र अमेरिकाका लागि नेपालका तीन अवैतनिक महावाणिज्यदूतहरू प्रेमराजा महत, ऋषि ढकाल र एसी शेर्पाबीच आइतबार मेरिल्याण्ड हाउस अफ एसेम्बलीको डेलिगेट कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ।
डेलिगेट डा. भण्डारीले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्लै उहाँहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले अगाडि लेखेका छन्, 'अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड हाउस अफ एसेम्बेलीको एक विधायकका हैसियतमा अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूतहरूसँग नेपाली भाषामै कुरा गरेर नेपाली आत्मीयता साट्न पाउँदा हामी स्वभावत: खुशी भयौ, गौरवान्वित भयौं।'
अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूतहरूसँग अमेरिकाका निर्माताहरू जर्ज वासिङ्टन, जेफर्सनहरूले कुनै समय पाइला टेकेको संसद भवनमा सँगै पाइला टेक्दा थप रोमाञ्चित भएका संस्मरण गर्दै उनले अगाडि देखेका छन्, ' अमेरिका स्थापना हुँदा नै १५० वर्षको इतिहास बनाइसकेको मेरिल्याण्ड संसदको ४४४औं संसद अधिवेश चलिरहेको बेला उहाँहरूको यो शिष्टाचार भ्रमण भएको थियो जुन संसदले केही दिन अघि मात्र १२३-५ को भारी बहुमतले नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा दशैं विधेयक पारित गरेको थियो।
अमेरिकाकै सबैभन्दा पुरानो संसदको तल्लो सदन मेरिल्याण्ड हाउस अफ एसेम्बेलीको एक विधायकका हैसियतमा अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूतहरूसँग नेपाली भाषामै कुरा गरेर नेपाली आत्मीयता साट्न पाउँदा हामी स्वभावत: खुशी भयौ, गौरवान्वित भयौं।'
- डेलिगेट डा. ह्यारी भण्डारी
विधायकको सरकारी आवासमा भएको शिष्टाचार भेटघाटमा उनीहरूबीच अमेरिका र नेपाल बीचको दुईपक्षीय सम्बन्ध र भाइचारालाई के कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा छलफल भएको उल्लेख गर्दै डेलिगेट डा. भण्डारीले अमेरिकामा रहेको नेपाली डायस्पोरालाई कसरी अमेरिकाको मूलधारमा समाहित गर्ने तथा मातृभूमिका बारेमा आ-आफ्नो ठाउँबाट योगदान गर्दै सामुहिक रूपमा केही गर्ने प्रण गरेको पनि उल्लेख गरेका छन्।
महावाणिज्यदूत श्री महत स्थानीय मेरिल्याण्ड राज्यकै भए पनि महावाणिज्यदूत ढकाल क्यालिफोर्नियाबाट र महावाणिज्यदूत शेर्पा वासिङ्टनबाट आएको उल्लेख गर्दै डेलिगेट डा. भण्डारी अगाडि लेख्छन्, ' आफ्नो महत्वपूर्ण स्रोत, साधन र समय खर्चेर यस ऐतिहासिक संसद भ्रमणका लागि आउनु भएकोमा म उहाँहरूप्रति कृतज्ञ छु, आभारी छु।'


माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया