जाजरकाेटमा केन्द्रीयस्तरका नेता खटिए गाउँगाउँमा

आउँदो ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको चुनावमा आफ्नो दललाई विजयी गराउन मन्त्रीदेखि नेतासम्म गाउँ-गाउँ पुगेका छन्। स्थानीय तह स्थापना भएदेखि भएका कामहरूको व्याख्या गर्दै र टिप्पणी गदै दलका नेताहरू गाउँगाउँमा पुगेका हुन्।

माओवादी केन्द्रलाई विजयी गराउन भन्दै जाजरकोटको पश्चिम क्षेत्रमा गणेशप्रसाद सिंहले नेता, कार्यकर्ता र जनतासँग र दैलोमा भेटघाटलाई तीव्रता दिएका छन्।

जाजरकोटमा माओवादी केन्द्रले नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, बारेकोट गाउँपालिकामा चुनावी कार्यक्रम गरिरहेको छ। माओवादीका अधिकांश नेताहरू नलगाडकै छन्।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको क्षेत्रसमेत जाजरकोट भएकाले यहाँ चुनावी माहोल बढी तातिएको छ। माओवादीबाट स्थायी कमिटीका सदस्य बस्नेत, कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, केन्द्रीय सदस्य रमदीप आचार्य लगायत ६ जना केन्द्रीयस्तरमा राजनीति गरिरहेका छन्। 

नेकपा एमालेनिकट प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी लगायत एमालेका नेताहरू बारेकोट गाउँपालिकामा खटिएका छन। जाजरकोटबाट नेकपा एमालेका चारजना केन्द्रीय सदस्य छन्। पश्चिम क्षेत्रमा प्रदेशसभा सदस्य तथा एमाले नेता करवीर शाही घरदैलो गरिरहेका छन्।

नेपाली कांग्रेस जाजरकोटका युवा नेताहरूलाई परिचालन गरेको छ। कांग्रेसबाट प्रकाश पन्त,  छवि पन्त , किशोर मल्ल नलगाडमा खटिएका छन्। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य राजीवविक्रम शाह पनि चुनावी कार्यक्रममा खटिएका छन्। उनी सल्यानमा चुनावी कार्यक्रममा सहभागी छन्।  
त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले समेत चुनावी प्रचारलाई तिव्रता दिएको छ।
 
 

प्रकाशित मिति: : 2022-03-28 12:39:00

प्रतिकृया दिनुहोस्