पोखराको चाउथेमा सवारी दुर्घटनामा परि स्कुटर चालको मृत्यु भएको छ।पोखरा १४ चाउथेमा बिहान ६ बजे स्कुल बससँग स्कुटरसँग ठोक्किन पुगेको थियो।
प्रहरीका अनुसार मृत्यु हुने तनहुँ घर भई पोखरा १४ चाउथे बस्ने किस्मत वाग्ले हुन्।चालक १९ वर्षीय वाग्लेले पैदल यात्री ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिनबाट बचाउन खोज्दा स्कुटर अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरु बताउछन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार चाउथेबाट विजयपुरतर्फ जाँदै गरेको वाग्लेले चलाएको ग२२प ००७ नम्बरको स्कुटरले उत्तर तर्फ आउँदै गरेको गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बससँग ठोक्किन पुगेको थियो। दुर्घटनापछि उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुयाइएको थियो। तर, चिकित्साकहरुले उनलाई मृत घोषण गरेका थिए।
घाइते टेकमायाको लेखनाथ सिटी अस्पतालमा सामान्य चेक जाँच गराएर डिस्चार्ज गरिएको डिएसपी तिवारीले बताए।