अटेरी अभियन्ता र विद्यार्थीबिच नदीपुरमा अन्तर्क्रिया

अटेरी अभियन्ता र विद्यार्थीबिच पोखरामा अन्तर्क्रिया भएको छ । बिहीबार विभिन्न तहका विद्यार्थी र अटेरी अभियन्ताबिच नदीपुरमा अन्तर्क्रिया गरिएको हो।

गुणस्तरिय शिक्षाका लागि कस्तो खाले योजना बनाउन सकिन्छ रु विद्यार्थीहरुले चाहेको शिक्षा कस्तो रु भन्ने विषयमा छलफलका लागि अभियन्ताहरु विद्यार्थी कहाँ पुगेका हुन्।

‘विभिन्न तहका विद्यार्थीबिच हामीले अन्र्तक्रिया ग¥यौं। हामीले तयार पारेको शिक्षाको अवधारणा र विद्यार्थीले चाहेको शिक्षा कस्तो रु भन्ने विषयमा हामीले छलफल ग¥यौं,’ अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने।

छलफलमा २ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।  सहभागी विद्यार्थीले निकै उत्साहका साथ छलफलमा सहभागी बनेको उनले बताए ।

‘विद्यार्थीहरु पनि एकदमै उत्साही हुनु भयो । यस्तो अभियान सबै ठाउँमा जानुपर्छ, घरका सबै सदस्यलाई यही अभियानका उम्मेदवारलाई मत दिन लगाउँछौं भन्नु भएको छ,’ उनले भने, ‘जति पनि सहभागी हुनुहुन्थ्यो सबै जना उत्साहीत हुनुहुन्थ्यो ।’

अबको केही दिन अटेरी अभियानका अभियन्ताहरु विद्यार्थीसँग अन्तर्क्रियाका लागि जुट्ने उनले जानकारी दिए। नदीपुरपछि, बगर, लामाचौर हुँदै अभियान अघि बढाउने उनले बताए।

प्रकाशित मिति: : 2022-03-24 17:49:00

प्रतिकृया दिनुहोस्