'संगीत, भाषा, साहित्य र संस्कृतिको धागोले सबैलाई बाँधेको छ'

राजु बिष्ट

दार्जीलिङ

पद्मश्री काजी सिंहको गरिमामय उपस्थितिमा हाजिर हुन पाउँदा मैले आफैलाई सम्मानित अनि भाग्यशाली महसूस गरेँ।

गोर्खा लोक-संगीतको संरक्षण अनि पुनरुद्धारको दिशामा यहाँका अथक प्रयासहरू साँच्चै प्रेरणादायक छन्। म उहाँलाई बधाई दिन्छु अनि हाम्रो राष्ट्रप्रति उहाँको सेवा, संगीतको फाँटमा उहाँको शोध कार्य निम्ति धन्यवाद दिँन्छु, साथै हाम्रो गोर्खा सांगीतिक परम्परालाई जीवित राख्ने दिशामा यहाँका योगदानलाई सलाम गर्दछु।


'भाजपाले गोर्खा समुदायका समस्याहरू बुझेको छ'


हाम्रो संगीत, भाषा, साहित्य र संस्कृतिको बलियो धागोले हामी सबैलाई बाँधेको छ। हाम्रो यस्तो विशिष्ट विरासतको संरक्षण र विकास निम्ति हामी सबैले प्रयास गर्नुपर्दछ हाम्रो लागि मात्रै नभएर, हाम्रो भावी पिँढी अनि हाम्रो अस्तित्वको लागि।

गोर्खा मादलको शोध अनि प्रचार-प्रसारमा आफ्नो जीवन लगाउनुभएको कालेबुङका हाम्रा काजीसिंहलाई भारतको सर्वोच्च नागरिक पुरस्कारहरूमध्ये एक पद्मश्रीद्वारा सम्मानित गरिएकोमा म माननीय प्रधानमन्त्री नरेन्द्र मोदी अनि भारत सरकारलाई दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका, तथा भारतभरिका गोर्खा समुदायको तर्फबाट म धन्यवाद दिँन्छु।


दार्जीलिङमा चिया श्रमिकको अधिकारमा बंगाल सरकार किन मौन?


यस अवसरमा हाम्रा विभूतिहरू मध्ये एक काजीसिंहको अभ्यर्थना समारोहमा सामेल हुन पाउनु मेरो लागि ठूलो सम्मान र सौभाग्यको विषय हो। एकचोटि पुनः काजीसिंहलाई धेरै-धेरै बधाई छ, अनि यहाँको सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना छ।

जय हिन्द, जय गोर्खा।

बिष्ट भारतीय लोकसभा सदस्य हुन्।


मोदीकाे घोषणा: राज्यले खाेपका लागि कुनै खर्च बेहोर्नु पर्दैन

प्रकाशित मिति: : 2022-03-23 19:16:00

प्रतिकृया दिनुहोस्