'भाजपाले गोर्खा समुदायका समस्याहरू बुझेको छ'

राजु बिष्ट

दार्जीलिङ्ग
File Photo
File Photo

भारतीय जनता पार्टी (भाजपा) जिल्ला कार्यकारिणी बैठक दार्जीलिङ्गमा सम्पन्न भएकाे छ। 

भारतकाे पश्चिम बङ्गाल राज्यस्थित भाजपा संयुक्त सचिव (सङ्गठन) किशोर बर्मन, भाजपा दार्जीलिङ्ग जिल्ला अध्यक्ष कल्याण देवान, भाजपा राज्य समिति सदस्य मनोज देवान, जिल्ला समितिका नेताहरू, मोर्चा प्रमुखहरू, मण्डल अध्यक्षहरू, दार्जीलिङ्ग, कालेबुङ्ग, र खरसाङ्ग क्षेत्रका अन्य भाजपा नेताहरूसँग शामेल भएँ।

हामीले वर्तमान कोभिड स्थिति र जनतालाई सहायता गर्न केन्द्रिय सरकारद्वारा सारिएका पाइलोहरूबारे चर्चा गऱ्यौँ। हामीले पश्चिम बङ्गाल सरकारको विफलताका कारण मानिसहरूले समयमा भ्याक्सिन नपाएका समस्याहरू, अनि यस स्थितिलाई सुधार्नका लागि सार्नुपर्ने पाइलाहरूबारे पनि चर्चा गऱ्यौँ।

कोभिड-१९ महामारीको यस कठिन समयमा, हाम्रा भाजपा कार्यकर्ताहरूले सङ्कटमा परेकाहरूलाई सहायता गर्न, गाउँहरूलाई स्यानिटाइज गर्न, बिरामीहरूलाई अस्पताल पुऱ्याउन अनि उनीहरूको सेवा गर्न अत्यन्तै कड़ा मेहनतसँग कार्य गरिरहेका छन्। हाम्रा जनता र क्षेत्रको हितमा हाम्रा भाजपा कार्यकर्ताहरूको निस्वार्थ जन-सेवाको भावनाप्रति मैले बैठकमा सम्मान व्यक्त गरेँ।

हालै सम्पन्न चुनाउबारे विस्तारपूर्वक चर्चा गरियो। हाम्रा सङ्गठानात्मक मजबूती एवं कमजोरीहरूमाथि गहन छलफल पनि गरियो। हामीले भाजपाको सङ्गठानात्मक स्थिति र हाम्रा आगामी कार्यक्रमहरूबारे पनि चर्चा गऱ्यौँ।

अन्तर्क्रियाको दौरान, हामीले हाम्रो चुनाउ घोषणापत्रमा (सङ्कल्पपत्रमा) पार्टीले दार्जीलिङ्ग पहाड़, तराई, अनि डुवर्सका जनतासित सम्बन्धित मुद्दाहरू- स्थायी राजनीतिक समाधान खोज्न, अनि छुटेका ११ गोर्खा जात गोष्ठीलाई अनुसूचित जनजाति सूचीमा गाभ्न गरेको वचनबद्धताबारे विस्तारपूर्वक छलफल गऱ्यौँ।

मैले सभालाई जानकारी दिएँ कि भाजपा एकमात्र यस्तो राष्ट्रिय पार्टी हो जसले भारतीय गोर्खा समुदायद्वारा सामना गरिएका समस्याहरूलाई बुझेको छ अनि ती समस्याहरूको समाधानप्रति वचनबद्ध छ।

हाम्रो क्षेत्रका जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि भाजपामाथि अनेकौँचोटी आफ्नो विश्वास दोहोऱ्याएका छन्। र हाम्रो पार्टीलाई विशाल जनादेश प्रदान गरेका छन्। तसर्थ, मैले सबैलाई आश्वस्त गराएँ कि जनतासँग गरिएका सबै वाचाहरू पूरा गर्न म दोब्बर कडा मेहनत र समर्पणका साथ लागिपर्ने छु।

दार्जीलिङ्ग लोकसभा निर्वाचन क्षेत्रका जनताले हामीलाई आफ्नो भोट र विश्वास दिएका छन्, अनि हामीले जनतासँग गरेको वाचा पूरा गर्नका लागि मैले कुनै कसर बाँकी छाड्ने छुइनँ।

बैठकमा मैले हरेक र सबै कार्यकर्ताले हाम्रो क्षेत्रको उज्ज्वल भविष्य, अनि जनताको हितको दिशामा निस्वार्थ भावनाका साथ काम गर्नु जरुरी छ भनी जोड़ दिएँ।

बिष्ट भारतीय लोकसभा (दार्जीलिङ्ग) सांसद हुन्।

प्रकाशित मिति: : 2021-07-06 07:23:00

प्रतिकृया दिनुहोस्