दार्जीलिङमा चिया श्रमिकको अधिकारमा बंगाल सरकार किन मौन?

राजु बिष्ट

बिजेपी सांसद (दार्जीलिङ)

लङ्गभीउ चिया बगानका श्रमिकले आफ्नो अधिकारका निमित्त गरिरहेको क्रमिक भोक हड्ताललाई लिएर चिन्ता बढ्नु जायज छ। यसमाथि चिया बगान प्रबन्धकले श्रमिकसँग वार्तालाप गरेर वर्तमान सङ्कटको समाधान खोज्नुको साटो बगानमा तालाबन्दी घोषणा गरेकोमा हामी सबै दुस्खी छौं।

पश्चिम बङ्गाल सरकारको श्रम विभागले आफू स्वयम हस्ताक्षरकर्ता भएर चिया बगान मालिक र चिया बगान श्रमिकबीच गरेको सम्झौंताहरू आजसम्म लागू नहुनुले श्रमिकप्रति बंगाल सरकार कति उदासीन छ भन्ने प्रष्ट भएको छ।

सन् २०१९ मा पश्चिम बङ्गाल सरकारले वार्षिक बोनसबापत आंशिक(भुक्तानीका निम्ति सबैलाई सहमत गराएको थियो। तर आजसम्म दार्जीलिङको पहाड, तराई र डुभर्स क्षेत्रमा रहेको केही चिया बगान बाहेक अन्य कम्पनीले बोनसको दोस्रो किस्ता भुक्तान गरेका छैनन्। यसमा पश्चिम बङ्गाल सरकारको मौनताले धेरै प्रश्न उब्जाएको छ। आजसम्म बोनसको भुक्तानीका लागि पश्चिम बङ्गाल सरकारले किन कुनै पाइला अगाडि सारेको छैनरु यो नेपाली भाषी श्रमिकका लागि वास्तवमै गम्भीर विषय हो।

केही चिया बगानले आफ्नो भागमा पर्ने सञ्चय कोष ९पिएफ० जम्मा गराएका छैनन्। जसको परिणामस्वरूप श्रमिक, खासगरि उमेर पुगेका श्रमिकहरू आफ्नै बचत र जीवन धान्ने स्रोतबाट वञ्चित भएका छन्। यस्तो अवस्थामा पनि पश्चिम बङ्गाल सरकारको श्रम विभाग, श्रमिकका अधिकार खोसिँदा पनि चुपचाप बसिराख्नु दुःखद र आक्रोशपूर्ण छ।

लङ्गभीउ चिया बगानको सङ्कट समाधान, चिया बगान कम्पनीद्वारा सञ्चय कोष जम्मा गराउन तथा सम्बन्धित अन्य मुद्धातर्फ सरकारको विशेष ध्यान जाओस् भनेर मैले केही समयअघि माननीय श्रम एवम् रोजगार मन्त्री सन्तोष गङ्वार तथा वाणिज्य मन्त्री पीयूष गोयललाई ध्यानाकर्षण गराएको थिए। तथा यी मुद्धाको समाधानका निम्ति हस्तक्षेंप गर्न पनि माग गरेको छु।

केही चिया बगान कम्पनीले सञ्चय कोष जम्मा नगराएको विषयमा छानवीन गर्न तथा तत्काल सुनिश्चितताका लागि भारतीय चिया बोर्डलाई पनि निवेदन गरेको छु।

समस्या समाधानका निम्ति पश्चिम बङ्गाल सरकार, दार्जीलिङ प्लान्टर्स एशोसिशन तथा सबै श्रमिक संगठनलाई लङ्गभीउ चिया बगानको मामिलामा यथाशीघ्र वार्ता गर्न पनि मेरे अनुरोध छ। 

चिया उद्योगलाई जिउँदो राख्ने हो भने श्रमिकका लागि उच्च जीवनस्तर र स्वस्थ वातावरण सुनिश्चित गर्नु जरूरी छ। यसका लागि उद्योगका प्रमुख, सरकार र श्रमिक एकजुट भई साझा आधार खोज्ने दिसामा अग्रसर हुनुपर्दछ।

श्रमिक वा चिया बगान मालिकलाई वर्तमान मतभिन्नता र समस्या समाधानका लागि मेरो आवश्यकता महसुस भएको खण्डमा हरसम्भव प्रयास र सहयोग गर्न सदैव तत्पर छु।

हामी एकजुट भएमात्र हाम्रो चिया उद्योग र यससित सम्बन्धित सबैको उज्ज्वल भविष्य सुनिश्चित हुन सक्छ।

प्रकाशित मिति: : 2020-08-27 12:18:00

प्रतिकृया दिनुहोस्