बिएल संवाददाता
रौतहटमा एक महिला बलात्कृत भएकी छन्। साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेकाे आराेप छ।
जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फरार छन्। पीडित महिलाकाे स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ।
पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएकाे छ।
दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शाैच गर्न गएकाे बताइएकाे छ। तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ। पीडितले गुहार मागेर हाेहल्ला गरेपछि पटेल फरार भएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया