प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो।
सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा २१’मा समाहित गरिएको थियो। सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलाे पटक विश्व जल दिवस मनाइएको थियो।
मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ। जलको अभावमा बाँच्न असम्भव छ। जसकारण जल महत्वपूर्ण छ।
वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भाेग्नु परेकाे छ। अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्काे मारिरहेकाे छ। जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ।
विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्। जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ।