अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी तेस्राे उपमेयर कप क्रिकेटमा सनपा ९ अर्घा विजयी भएकाे छ।
आज भएकाे फाईनल खेलमा सनपा ८ किमडाँडालाई ३ विकेटले पराजित गर्दै अर्घाले उपाधी हात पारेकाे हाे।
टस जितेर पहिले फिल्डिङ राेजेकाे अर्घाले अन्तिम ओभरसम्म खेल्दै सात विकेटकाे क्षतिमा जित निकाल्न सफल भएकाे हाे।
किमडाडाँले ९९ रन बनाएपछि १०० रनकाे लक्षयसहित मैदान उत्रिएकाे अर्घाले अन्तिम ओभरमा लक्ष्य पुरा गरेकाे थियाे।
सन्धिखर्क नगरपालिकाकाे आयाेजना र अर्घाखाँची कृकेट संघकाे व्यवस्थापनमा सम्पन्न खेलकाे केही दिन अघि नगरप्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नुभएकाे थियाे। हरिप्रसाद भुसाल