नेपालमा थप ४०९ जना कोरोना मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १७ जनाले कोरोनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ४ सय ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मृत्युदर भने सुन्य रहेको छ।

हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ।

 

प्रकाशित मिति: : 2022-03-19 17:44:00

प्रतिकृया दिनुहोस्