स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र पनि देखाउनुपर्ने

File Photo
File Photo

स्थायी शिक्षकको परीक्षाका लागि परीक्षार्थीले अब प्रवेशपत्रसँगै परिचयपत्र पनि देखाउनुपर्ने भएको छ।शिक्षक सेवा आयोगले चैत १५ देखि २१ गतेसम्म गर्न लागेको लिखित परीक्षामा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य गरेको हो। 

शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते स्थायी शिक्षकको लागि खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्दैछ।परीक्षामा सहभागी हुनेले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आउने गरेको आयोगले प्रस्ट पारेको छ।

सोही आधारमा प्रवेशपत्रसँगै आफ्नो परिचय खुल्ने नागरिकता वा अध्यापन अनुमतिपत्र लिई परीक्षामा सहभागी हुन आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2022-03-18 17:34:00

प्रतिकृया दिनुहोस्