बैतडीको मेलौली नगरपालिकाले योजनाहरुको सम्झौताका लागि नआउन सूचना जारी गरेको छ।
आन्तरीक श्रोत र राजश्व बाँटफाँटको रकमबाट विनियोजित बजेटको योजना तत्काल सञ्चालन गर्न नसकिने जनाएको नगरपालिकाले छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टद्वारा जारी सूचनामा आन्तरिक श्रोत तथा राजश्व बाँटफाँट अन्तरगत स्वीकृत भएका विकास निर्माणका योजनाहरु श्रोत अभावका कारण सञ्चालन गर्न नसकिने भनिएको छ।
चालु आर्थिक बर्ष २०७८/०७९मा बजेट स्वीकृत भएको भएपनी सम्झौता बिना काम नगर्न सूचनामा भनिएको छ। नगरपालिकाका कुनै व्यक्ति वा पदाधिकारीहरुले मौखिक रुपमा काम गर्न भनेमा भुक्तानी नदिइने सूचनामा उल्लेख छ।
प्रमुख प्रशासकीय अधिकृतको यस कदमका कारण स्थानिय उपभोक्ताहरु मर्कामा परेकाछन् भने, नगरप्रमुख नै अचम्मित भएकाछन्।
उपभोक्ता समिति गठन भई काम सम्पन्न समेत गरिसकेका योजनाहरुको भुक्तानी नदिएको सेवाग्राही बताउँछन्। वडा न.५का भरतसिहं पुजाराले काम सम्पन्न गरेर भुक्तानी नपाएको गुनासो गरे। नगरपालिका भवनको ठेक्का पाएका ठेकेदार बिनोद बिष्टले भुक्तानि नपाएको गुनासो गरे। आफूहरु दैनिक भुक्तानीका लागि आउने गरेपनी रित्तो हात फर्किने गरेको उपझोक्ता समिति र ठेकेदारहरु बताइरहेकाछन्।
प्रमुख प्रशासकीय अधिकृतले निकालेको उक्त सूचनाका बिषयमा नगर प्रमुख कृष्णसिंह नायक लगायतका केहि जनप्रतिनिधिहरुलाई जानकारी नै छैन्। नगर प्रमुख नायकले भने,‘कसको इसारामा यो सूचना जारी गरियो हामीलाई थाहा छैन्। कार्यपालिकाले बनाएको बजेट नगरसभाबाट पास भैसकेपछि के कारणले काम रोक्नुभो? किन बढी जान्ने हुनुभयो ? हामी यो विषयमा अनविज्ञ छौँ। जे समस्या हो त्यो विषयमा छलफल गर्नुपर्दथ्यो। म संग कुनै सल्लाह नै भएको छैन् मैले त एकजना सेवाग्रमहीबाट सूचना बारे जानकारी पाएको हुँ। अब कार्यपालिकाको बैठक बोलाएर समस्या समाधान गर्ने छौँ।’ स्वीकृत बजेटको सम्झौता गरि काम सञ्चालन गर्नुपर्ने उनको भनाई छ। यसै चैत महिनामा सबै कामकाज सम्पन्न गरिसक्ने लक्ष्य राखेकोमा हाकिमकै कारण ढिलाई भएको उनको गुनासो छ।
यता प्रमुख प्रशासकीय अधिकृत भट्टले बजेट घाटाका कारण सम्झौता रोक्का गरेको बताए। उनले भने,‘गत आर्थिक वर्षकै ३ करोड रकम तिर्न बाँकी छ। यस बर्ष झन ५करोड बजेट छुट्याइएको छ, बजेटको सुनिश्चितता छैन्। पुरानो तिर्न बाँकी भएका बेला नयाँ करोडौँ रकम कँहाबाट ल्याउने ? आगामी बर्षमा अर्का जनप्रतिनिधि आएमा के गरौँला ? आन्तरीक आम्दानीमा ५४ लाखको लक्ष्य छ, बजेट ५करोड बढी छुट्याएका छन्। काम गरेपनी भुक्तानीका लागि सुनिश्चीत नभएकाले सम्झौता रोक्का गरिएको हो।’ विगतका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछी भट्ट ३ महिना अघि नगरपालिकामा आएका हुन्।