पोखरा महानगरपालिका कार्यालय अघि भ्वाङ परेको छ। न्युरोडको बिच सडकमा आज दिउँसो भ्वाङ परेको हो।
दिउँसो ३ बजेतिर बिच सडकमा एक्कासी भ्वाङ परेको थियो। भ्वाङ परेको ठाउँलार्य घेरा हालेर सवारी साधन आउजाउको व्यवस्था मिलाइएको छ।
किन र कसरी भ्वाङ परेको हो भन्ने यकीन भएको छैन। यसअघि पोखराको चिप्लेढुंगामा पनि गत बर्खामा यस्तै भ्वाङ परेको थियो। पोखराका विभिन्न ठाउँमा भ्वाङ पर्ने गर्छ।