जनमत पार्टीद्वारा विगत केही महिनादेखि जारी ‘जनमत माटो यात्रा’ चौथो दिनमा प्रवेश गरेको छ।
फागुन २८ गतेदेखि बारा पुगेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले बाराका विभिन्न पालिकाहरुबाट माटो संकलन गरिरहेका छन्।
आज जिल्लाको बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकामा माटो संकलन कार्यक्रम रहेको जनमत पार्टी बाराका सचिव बिजय गुप्ताले जनाएका छन्।
बुधवार प्रसौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, परवानिपुर गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा माटो संकलन कार्य हुने सचिव गुप्ताले बताए।
फागुन २८ गते बारा आएका डा। राउतले जिल्लाको एतिहासिक स्थल सिम्रौनगढ नगरपालिका स्थित रानीवासको रामजानकी मन्दिर प्राङगनबाट माटो संकलन यात्रा प्रारम्भ गरेका थिए।
सिम्रौनगढपछी डा।राउतले आदर्श कोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, कोल्हवी नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकामा माटो संकलन गरेको जिल्ला सचिव गुप्ताले जनाएका छन्।
जनमत माटो संकलन अभियानसंगै डा। राउतले ति पालिकाहरुका विभिन्न स्थानहरुमा जनसभा तथा घरदैलो अभियान समेत गरेको गुप्ताले जनाए।
स्थानिय निकाय निर्वाचन नजिकिदै गएपछी जनमत पार्टीले आफ्नो संगठन सुदृद्धिकरण तथा जनअभियान तिब्र पार्ने क्रममा डा।राउतले माटो यात्रा पुनः प्रारम्भ गरेका हुन्।
पश्चिम मधेशबाट शुरु भएको माटो यात्रा मधेशका सबै जिल्लाको हरेक पालिकाहरुमा पुगेर माटो संलन गरी समाप्त हुने बताइएको छ ।