हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
दिउँसो नेपालका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ।
पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ।