माओवादी प्रदेश कमिटीले पूर्णता पायो

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताइन्।

प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै भएन भइसकेकी थिइन्।

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन्। 

प्रकाशित मिति: : 2022-03-11 19:10:00

प्रतिकृया दिनुहोस्