प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा तथानाम अन्तर्वार्ता लिएर प्रशारण गर्ने अनलाइन तुफानका सञ्चालक मधुसुधन आचार्य र अन्तरवार्ता दिने चन्द्रकला राईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साईबर ब्यूरोले अन्तर्वार्ता दिने राई र अनलाइन सञ्चालक आचार्यलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
केही दिनअघि मात्र प्रेस काउन्सिल नेपालले दर्ता नभएको अनलाइन तथा युट्युब च्यानललाई कानूनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेको हो।काउन्सिलको पत्राचारसँगै ब्यूरोले आफ्नो सक्रियता बढाएको छ।